३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


साउन १ गतेदेखि धुलिखेल अस्पतालमा रेफरल सिट अनिवार्य



काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अब पहिलो उपचार सेवा (प्रथम सेवा विन्दु) सरकारी स्वास्थ्य संस्थाबाट मात्र लिन सकिने व्यवस्था गरेपछि धुलिखेल अस्पताललाई प्राथमिक सेवा केन्द्र बनाएका २ लाख ५० हजारभन्दा बढी बीमितको उपचार प्रभावित हुने देखिएको छ।

स्वास्थ्य बीमा बोर्डको नयाँ निर्देशनअनुसार साउन १ गतेदेखि धुलिखेल अस्पताल जस्ता सामुदायिक अस्पतालमा रेफरल (प्रेषण) पत्रबिना सेवा लिन नपाइने व्यवस्था लागू हुनेछ।

यससँगै, अब गम्भीर र दीर्घरोगबाहेकका सेवाका लागि बिरामीले सरकारी अस्पतालबाट रेफरल ल्याउनु पर्नेछ। धुलिखेल अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत हालसम्म १० लाखभन्दा बढी बिरामीलाई सेवा दिइसकेको छ।

हाल मात्रै धुलिखेल अस्पतालको ६९ करोड रुपैयाँको बीमा भुक्तानी बाँकी रहेको जनाइएको छ। नयाँ व्यवस्थाले सेवाग्राहीमा अन्योल र पहुँचमा कठिनाइ उत्पन्न गराउने चिन्ता बढेको छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ४ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।