२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका विभिन्न क्षेत्रहरूमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने



ललितपुर । नेपाल टेलिकमले ललितपुरका विभिन्न क्षेत्रहरूमा आन्तरिक मर्मत सम्भार कार्यका कारण टेलिफोन, इन्टरनेट र टिभी सेवा केही समयका लागि अवरुद्ध हुने जानकारी दिएको छ।

टेलिकमको पाटनस्थित दूरसञ्चार कार्यालयका अनुसार आइतबार राति ११ बजेबाट सोमबार बिहान ६ बजेसम्म चक्रपथ पारिको एकान्तकुना, कुसुन्ती, महालक्ष्मीस्थान, नख्खुडोल र शोभाहिटी क्षेत्रका ग्राहकहरूले सेवा अवरुद्धको सामना गर्नुपर्नेछ।

यसपछि सोमबार दिनभर मंगलबजार, कृष्ण मन्दिर, पिमबहाल, नाःटोल र डौबहाद क्षेत्रमा सेवा प्रभावित हुने जनाइएको छ।

त्यस्तै, मंगलबारको दिन धोबीघाट, मलपोखरी, बागडोल र नख्खु विष्णुदेवी क्षेत्रमा पनि सेवा अवरुद्ध रहनेछ। टेलिकमले सार्वजनिक सूचना जारी गर्दै फाइबर टु द होम (FTTH) नेटवर्कको आन्तरिक मर्मत सम्भार गर्नुपर्ने भएकाले अस्थायी अवरोध हुने स्पष्ट पारेको छ।

सेवा पुनः सञ्चालन भएसँगै जानकारी गराइने टेलिकमले जनाएको छ र सेवाग्राहीहरूसँग असुविधाप्रति क्षमायाचना समेत गरेको छ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ११ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।