२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दक्षिण भारतीय अभिनेता कोटा श्रीनिवास रावको निधन



हैदराबाद । दक्षिण भारतीय सिनेमाका बहुप्रशंसित तथा अनुभवी अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान हैदराबादस्थित फिल्मनगरको आफ्नै निवासमा उनले अन्तिम सास फेरे। केही समयदेखि अस्वस्थ रहेका राव उमेरजन्य रोगले पीडित थिए।

उनको निधनले सम्पूर्ण दक्षिण भारतीय फिल्म उद्योग शोकमा डुबेको छ। रावले आफ्नो पाँच दशकभन्दा लामो करिअरमा ७५० भन्दा बढी फिल्महरूमा अभिनय गरेका थिए। उनले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका फिल्महरूमा खलनायक, हास्य र चरित्र भूमिकामा अमिट छाप छोडेका छन्।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले रावप्रति श्रद्धाञ्जली अर्पण गर्दै सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गरेका छन्। नायडूले रावको निधनलाई तेलुगु फिल्म उद्योगका लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै भने, “उनले खलनायक, हास्य र संवेदनशील भूमिकाहरूमा आफूलाई यस्तो ढंगले प्रस्तुत गरे कि दर्शकहरूको मनमा उनी गहिरो रूपमा बसे।”

https://www.youtube.com/@lalitkhabar

मुख्यमन्त्री नायडूले रावको कलात्मक योगदानका साथै उनको राजनीतिक जीवनको पनि स्मरण गरे। सन् १९९९ मा विजयवाडाबाट विधायकको रूपमा निर्वाचित भएका रावले जनप्रतिनिधिका रूपमा पनि सेवा पुर्‍याएका थिए।

कोटा श्रीनिवास रावको निधनले भारतीय सिनेमाले एउटा बहुप्रतिभाशाली र समर्पित कलाकार गुमाएको छ। उनका प्रशंसक, सहकर्मी र शुभचिन्तकहरू सामाजिक सञ्जालमार्फत शोक प्रकट गरिरहेका छन्।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।