काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट सार्वजनिक गर्दै आर्थिक योजना र कार्यक्रमहरू प्रस्तुत गरेकी हुन्।
बजेटअनुसार २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमार्फत व्ययभार पर्नेछ, भने ६५ करोड रुपैयाँ अन्य बाह्य स्रोतबाट जुटाइनेछ। बजेट प्रस्तुति अघि नगर प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी वर्षका नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेका थिए।
ढिलाइमा उपप्रमुखको माफी
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० भित्र बजेट ल्याइसक्नुपर्ने व्यवस्था भए पनि महानगरभित्रको आन्तरिक विवादका कारण यसपटक बजेट ढिलो भएको हो। यसलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले नगरवासीसँग माफी माग्दै अब आगामी योजनाहरू समयमै कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएकी छन्।
काठमाडौं महानगरको बजेट अब नगरसभा बैठकमा छलफलपछि पारित गरिनेछ। बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, फोहोर व्यवस्थापन, हरित शहर, साइकल लेन, स्मार्ट सडक, नगरप्रहरी सुदृढीकरण, डिजिटल सेवा प्रवर्द्धनलगायतका क्षेत्रमा प्राथमिकता दिइने अपेक्षा गरिएको छ।








प्रतिक्रिया