काठमाडौं
निर्देशक कृषा चौलागाईको निर्देशनमा बन्न लागेको चलचित्र ‘जहाजैमा’ मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । निर्माण टिमले शनिबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो।
अनुबन्ध पश्चात् सिवाकोटीले कथा र टिम मन परेको कारण चलचित्रमा काम गर्न सहमति जनाउँदै उत्कृष्ट टिमसँग काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन् ।
यसअघि चलचित्रमा केदार घिमिरे ‘माग्ने बुढा’, सौगात मल्ल, कर्मा शाक्य र जापानी अभिनेत्री रुजेल इचिमिया अनुबन्धित भइसकेका छन्। अन्य कलाकारको छनोट अन्तिम चरणमा रहेको निर्माण पक्षले जानकारी दिएको छ।
फिल्मको कथा अभिमन्यू निरवीले लेखेका छन् भने छायांकन निर्देशन (डीओपी) पुरुषोत्तम प्रधानले सम्हाल्नेछन्। उज्ज्वल गुरागाईंको निर्माण रहने फिल्म यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण गरिनेछ।
केपी फिल्म्सको सहकार्यमा बन्ने यो चलचित्रको छायांकन आउँदो भदौ महिनाबाट जापानमा सुरु गरिनेछ । नेपाल, जापान र फिलिपिन्समा छायांकन हुने चलचित्रको प्रि—प्रोडक्सन तीव्र गतिमा भइरहेको छ ।
साथै, निर्माण पक्षले छायांकन सुरु हुन दुई महिना अघिनै चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ आर.आर फिल्म्ससँग सहकार्य गर्दै आउँदो फागुन १ गतेदेखि चलचित्र देशभर प्रदर्शनमा ल्याइने बताइएको छ । चलचित्रको वितरण आर।आर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले गर्नेछन् ।








प्रतिक्रिया