२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


तक्मेबुढाको निर्देशनमा बन्ने चलचित्र ‘मैझारो’मा अनुबन्धित दिया पुन



 

काठमाडौं
तक्मेबुढाको निर्देशनमा बन्ने चलचित्र ‘मैझारो’मा अनुबन्धित दिया पुन
भएकी छिन् ।

यसअघि अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर चलचित्रका लागि अनुबन्धित भइसकेका थिए । अब दिया पनि चलचित्रमा मुख्य पात्रका रूपमा जोडिएपछि कलाकारको सूची विस्तार भएको छ । निर्देशक राईले भने,‘कथाले मागेअनुसार दियालाई अनुबन्ध गरेका हौं । अन्य कलाकार पनि छानिँदैछन्।’

‘मैझारो’ मा धिरज, मिरुना र दिया बाहेक अन्य कलाकारको नाम भने सार्वजनिक भइनसकेको निर्माण पक्षले जनाएको छ । केही दिनभित्रै बाँकी कलाकारहरूको टुंगो लाग्ने बताइएको छ । तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्र ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित कथा बोकेको छ । चलचित्रको छायांकन साउन पहिलो साताबाट सुरु हुने छ भने ईलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिने छ ।

फिल्ममा संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले दिनेछन् । गीतहरूमा राजेश पायल राई,अस्मिता अधिकारी,झुमा लिम्बू,अनमोल गुरुङ लगायतको स्वर रहनेछ । छायांकन सौरभ लामाले गर्ने भएका छन् । निर्देशक राईका अनुसार ‘मैझारो’ उनका लागि लेखन र निर्देशन दुबैमा डेब्यु प्रोजेक्ट हो । यसअघि तक्मे प्रोडक्सनले हास्य सामग्री र सांगीतिक प्रस्तुति मात्र निर्माण गर्दै आएको थियो । ‘मैझारो’ मार्फत कम्पनीले ठुलो पर्दामा फिचर फिल्ममा पाइला टेक्न लागेको हो ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ५ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।