२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मिस कोशीको अडिसनमा १२ युवती छनोट



 

मिस कोशीको अडिसनमा १२ युवती छनोट भएका छन् ।

‘मिस कोशी २०२५ सिजन ९’को पहिलो अडिसन विराटनगरमा सम्पन्न भएको थियो ।
प्रतियोगिता जय मिडिया मेनेजमेन्टको आयोजनामा हुन लागेको हो ।
अडिसनमा जय मिडिया मेनेजमेन्टका अध्यक्ष तथा निर्माता, लेखक र निर्देशक जय राज राय, समाजसेवी काशीराम आचार्य, मिस कोशी २०२४ शुभलक्ष्मी राई, मिस कोशी २०२४ की थर्ड रनर अप कृति बस्नेत, मिस कोशी २०२४ की फस्ट रनरअप निशाहाङमा लिम्बु निर्णायक थिए ।
जय मिडियाका संस्थापक जय राज रायले युवतीहरुको आन्तरिक प्रतिभा प्रष्फुटन गर्न र नयाँ अवसरको सिर्जना गर्न प्रतियोगिता हुन लागेको बताए । उनका अनुसार आगामी अडिसन इटहरी र धरानमा हुनेछ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।