काठमाडौँ
निर्माणको क्रममा रहेको चलचित्र ‘सुम्निमा’मा अभिनेता कुन्साङ अनुबन्धित भएका छन् ।
निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेम कथामा आधारित चलचित्र ‘सुम्निमा’मा अभिनेता कुन्साङ बमजनले मिलन चाम्सको चलचित्रमा काम गर्न पाउनु आफ्नो लागी गर्वको कुरा रहेको बताएका छन् ।
गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने
चलचित्रको नाम सुन्दा नारीको कथा लाग्ने भए पनि चलचित्र बिशुद्ध प्रेमकथामा बन्ने निर्देशक चाम्सले जानकारी दिएका छन् ।
चलचित्रको मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्ध भई सकेकी छिन्। चलचित्रको अन्य कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। निर्देशक चाम्सका अनुसार, यूनिसर्भल कथा र अन्तराष्ट्रिय बजारलाई ध्यान राख्दै यो चलचित्र तयार पारिनेछ ।
राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताईएको छ । चाम्सद्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ ले केही समयअघि राम्रो ब्यापार गरेको थियो ।
निर्देशक चाम्सले चलचित्र ‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,‘बबी’ ‘गोर्खा वारियर’,‘अञ्जिला’,जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेका छन् ।








प्रतिक्रिया