काठमाडौँ । काठमाडौँबाट कावासोतीतर्फ जाँदै गरेकी एक ३२ वर्षीया महिला आइतबार साँझ गल्छीबाट सम्पर्कविहीन भएकी छन्। उनी चढेको बा.३ ख ८०९१ नम्बरको माइक्रोबसका चालकले शौच गर्न गएकी महिला फर्किन नआएको सूचना प्रहरीलाई दिएका थिए।
घटनाबारे जानकारी पाएपछि धादिङको इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस, आदमघाटको टोलीले खोजी कार्य सुरु गरेको छ।
प्रहरीका अनुसार, महिला शौच गर्न गएका स्थानभन्दा करिब ५० फिट तल एक जोर चप्पल फेला परेको छ। यस आधारमा नदीमा हाम फालेको आशंका गरिएको छ। अहिले नदी क्षेत्रमै खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।
महिलाको नाम, ठेगाना वा परिचय खुलाइएको छैन। खोजी कार्यमा स्थानीयवासीको समेत सहयोग लिइएको छ। प्रहरी स्रोतका अनुसार घटनाको प्रकृति हेर्दा आत्महत्या हुनसक्ने अनुमान गरिए पनि अनुसन्धान जारी रहेको र सबै सम्भावनालाई खुला राखेर काम भइरहेको छ।








प्रतिक्रिया