चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर कलाकार कामेश्वर चौरासियाको रोचक पोस्टर सार्वजनिक गरिएको छ ।
पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु स् च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।
पोस्टरमा उनी खुसीले कराइरहेको अवस्थामा छन् । तलतिर विराटनगर कारगार र कारागारलाई गरिएको तारबारभन्दा माथि उनी चिच्याइरहेका छन् । पोस्टरमार्फत दर्शकमा चलचित्रको कथाबस्तु रोचक रहेको छनक दिएको छ ।
कारागारको छेउ, अगाडि डफल ब्याग अनि कामेश्वरको एक्सप्रेसनले उनी कि फिरौती रकम तिरिरहेको जस्तो देखिन्छ
‘अभिमन्यु स् च्याप्टर–१’ भदौ २७ गते प्रर्दशन हुँदै छ । यसको हिन्दी भर्सन भने असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा प्रर्दशन हुँदैछ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘अभिमन्यु स् च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।
मुकेश खनालको लेखन रहेको यस चलचित्रको क्रिएटिभ निर्देशकमा मदन थापा छन् । ‘अभिमन्यु स् च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।








प्रतिक्रिया