काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बहुआयामिक संकटको जोखिमतर्फ उन्मुख भएको चेतावनी दिएका छन्। विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना र प्रतिबद्धता आजको राज्य व्यवस्थासँग मेल नखाने भन्दै उनले वर्तमान सत्ताको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाए।
“के हामी शान्ति सम्झौताका बेला देखिएको सपनाअनुसार अघि बढिरहेका छौं?” उनले भ्रष्टाचार, अराजकता, सार्वजनिक सेवामा पहुँचको अभाव, र पछाडि पारिएका समुदायमाथिको राज्यको बेवास्ता जस्ता समस्याले जनताको आशा निरन्तर कुण्ठित बनिरहेको बताए।
प्रचण्डले संसद् र संसदीय समितिहरूमा विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधिसभामा हस्तक्षेप र चलखेल का कारण ती विधेयक अगाडि बढ्न नसकेको गुनासो गरे। उनले दुई ठूला दलहरूबीचको गठजोडलाई संसदलाई ‘विचौलियाको खेलमैदान’ बनाउने मिलोमतोको संज्ञा दिँदै,
अध्यक्ष प्रचण्डले लोकतन्त्र सुदृढ गर्नका लागि सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गमा सरकार दृढतापूर्वक लाग्नुपर्ने धारणा राखे।
“यदि गम्भीर समीक्षा र कठोर निर्णयहरू गरिएनन् भने परिस्थिति विस्फोटक बन्न सक्छ।”








प्रतिक्रिया