२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


टिकटक जोडी आयुष र एलिजेले गरे अदालती विवाह



काठमाडौं । चर्चित टिकटक जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले काठमाडौं जिल्ला अदालतमा अदालती विवाह (कोर्ट म्यारिज) गरेका छन्। लामो समयदेखि टिकटकमार्फत चर्चामा रहेका यी दुईले आधिकारिक रूपमा वैवाहिक जीवनमा बाँधिएको घोषणा गरेका हुन्।

दुवैले आफ्नो विवाहको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै सम्बन्धको नयाँ अध्यायको सुरुवातको जानकारी दिएका छन्।
एलिजेले इन्स्टाग्राममा विवाहको फोटो पोस्ट गर्दै लेखेकी छन्, “उनीहरूले हामीलाई अनलाइन खोजे, तर हामीले हाम्रो सधैंको लागि अनलाइनमा हस्ताक्षर गरिरहेका थियौं – मिस्टर एण्ड मिसेस।”

२०८० सालको असोज १९ गते यी दुईको इन्गेजमेन्ट दुबईमा सम्पन्न भएको थियो। त्यसबेलाको भिडियो र फोटोहरू टिकटक तथा अन्य प्लेटफर्महरूमा भाइरल बनेका थिए। इन्गेजमेन्टपछि एलिजे दुबईमा बस्दै आएकी थिइन् भने हाल उनी आयुषसँगै नेपालमा बस्न थालेकी छन्।

एलिजे जमाली पाकिस्तानी नागरिक हुन् भने आयुष सिंह ठकुरी नेपाली हुन्। यी दुईको भेट टिकटक लाइभमार्फत भएको थियो, जहाँबाट उनीहरूको संवाद, मित्रता र प्रेम सम्बन्ध सुरु भयो।
अन्ततः अन्तरदेशीय प्रेम विवाहमा परिणत भएको यो जोडीको कथा सामाजिक सञ्जालमा निकै चर्चा र कौतुहलको केन्द्र बनेको छ।

एलिजे र आयुषले विवाहको खबर सार्वजनिक गरेसँगै फ्यानहरूबाट शुभकामना र बधाईको ओइरो लागेको छ। टिकटकदेखि इन्स्टाग्रामसम्म, नेपाली तथा पाकिस्तानी दर्शकहरूले प्रेम र सहिष्णुताको प्रतीकका रूपमा यो जोडीलाई समर्थन गरेका छन्।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।