२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बीमा प्राधिकरण अध्यक्ष शरद ओझाको योग्यतामाथि छानबिन, सरकारले बनायो तीन सदस्यीय समिति



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको शैक्षिक योग्यता र नियुक्तिसम्बन्धी प्रक्रियामाथि प्रश्न उठ्दै गएपछि सरकारले छानबिन समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको योग्यताको अध्ययन गर्न तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठन भएको समितिमा बीमा क्षेत्रका विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री सदस्य रहेका छन्। समितिले ओझाको योग्यताको आधारमा पद नियुक्ति विधि, कानुनी मापदण्ड र सरोकारसम्बन्धी पक्षहरूको मूल्याङ्कन गर्नेछ।

अध्यक्ष ओझालाई सरकारले गत फागुन १२ गते बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। तर, नियुक्तिपछि उनको योग्यता, कार्यशैली र नियुक्ति प्रक्रिया नै विवादको विषय बन्दै आएको छ।

सरकारले गठन गरेको समितिले आवश्यक छानबिन गरी तोकिएको समयसीमाभित्र प्रतिवेदन पेश गर्नेछ। सो प्रतिवेदनका आधारमा ओझाको पदमा रहन मिल्ने वा नपर्नेबारे निर्णय लिइने जनाइएको छ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।