काठमाडौं
ललितपुरको धापाखेल र काठमाडौंको कपुरधारामा चोरी भएको छ ।
प्रहरीका अनुसार ललितपुरको ललितपुर महानगरपालिका २३ धापाखेल डेरा गरी बस्ने कैलाली घर भएकी देबकी भट्टको कोठामा पनि चोरी भएको छ । उनको कोठाबाट २ तोला बराबरको सुनका गहना गरी करिब ३ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल आइतबार चोरी भएको प्रहरीको भनाई छ ।
साथै काठमाडौं महानगरपालिका २६ कपुरधारास्थित कुमारी बस्ती बस्ने ३४ वर्षीय उजिवप्रसाद प्रधानको घरबाट चोरी भएको हो । उनको घरबाट नगद र मोबाइल ३ थान गरी करिब २ लाख २३ हजार रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
३० असार २०८२, सोमबार
356
Shares








प्रतिक्रिया