२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जनै हराएको मान्छे’ को टिजरमा कोरिया जाने सपना



 

आजको पुस्ता विदेश जाने सपना पालेर बसिरहेको छ । गाँउ गाँउका युवाहरु खोरिया बेचेर भए पनि कोरिया जान चाहन्छन् अनि पैसा कमाउने रहर गरिरहेका छन् ।
यस्तै युवाहरुको मनोभाव समेटेर चलचित्र ‘जनै हराएको मान्छे’ रहस्य खुलेको छ । चलचित्रको टिजर सार्वजनिक भएसँगै चलचित्रको कथाबस्तु समय सान्दर्भिक र रोचक रहेको बुझ्न सकिन्छ ।

 

टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालले कोरिया सपना पालेर बसेको युवाको भूमिकामा छन् । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ ।

कोरिया जान्छु भनेर काठमाडौं आएका विजय कसरी काठमाडौंमै अलमलमा पर्दा सपना पनि गन्तव्यहीन भइरहेको छ भन्ने टिजरमा समेटिएको छ । । पछिल्लो समय हिट चलचित्र दिइरहेकी मिरुना र विजयको जोडी पनि चलचित्रको अर्को आर्कषण रहेको छ ।
टिजरमा चलचित्रका मुख्य पात्र विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटालगायत अटाएका छन् ।

‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’लाई निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेका छन् भने चलचित्र भदौ ६ गतेदेखि देशभर प्रर्दशनको तयारीमा छ ।

चलचित्रमा विजय, केकी, मिरुना, भोलाराज र सुशांकसँग रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय हेर्न पाइन्छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने रहेका छन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

चलचित्रे कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

सफल चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यो पहिलो चलचित्र हो । विजयले सोमवार ‘पूर्णबहादुरको सारंगी’बाट उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र अवार्ड समेत पाएका छन् ।

विसं। २०८१ मा नेपाली चलचित्र उद्योगलाई ब्लकबस्टर सिनेमा दिने विजय र केकी ‘जनै हराएको मान्छे स् सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा सँगै देखिँदै छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ९ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।