२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर टिकाथलीमा चोरी



ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–५, टिकाथलीमा चोरी भएको छ। राधाकृष्ण चोकस्थित दीपेन्द्र झाको घरमा चोरी भएको प्रहरीले जनाएको छ।

प्राप्त जानकारी अनुसार चोरले घरभित्र प्रवेश गरी सुनका विभिन्न गरगहना, नगद रकम तथा १ थान मोबाइल फोन समेत गरी करिब ४ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेका छन्।

चोरीपछि घटनास्थलबाट फरार रहेका व्यक्तिको खोजी भइरहेको र घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरीले जानकारी दिएको छ।

प्रहरीले स्थानीयवासीलाई सतर्क रहन तथा शंका लागेमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १० : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।