काठमाडौँ
काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको निधन भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार एक जनाको निर्माणाधीन सेफ्टीट्याङ्कीको खाल्डोमा जमेको पानीमा डुबेर निधन भएको हो, भने अर्का एकजना भीमसेनथान मन्दिर नजिक रहस्यमय रूपमा मृत भेटिएका हुन् ।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार जिल्लाको कीर्तिपुर नगरपालिका ५ जाखास्थित निर्माणाधीन शौचालयको सेफ्टी ट्याङ्कीको पानी जमेको खाल्डोमा डुबेर सोही ठाउँ बस्ने रसुवा घर भएका पाँच वर्षीय अभिषेक मगरको निधन भएको छ ।
डुबेर बेहोस अवस्थामा भेटिएका उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आजै निधन भएको हो । उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताएका छन् ।
यसैबीच काठमाडौँ महानगरपालिका २० भीमसेनथान मन्दिर नजिक एक व्यक्तिको रहस्यमय रूपमा निधन भएको छ । मृत भेटिएका अन्दाजी ५०–५५ वर्षीय पुरूषको पहिचान खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया