२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘चमेलीको पोई’को रोचक तीन पोस्टर सार्वजनिक



काठमाडौं
चलचित्र ‘चमेलीको पोई’को रोचक तीन पोस्टर सार्वजनिक भएको छ ।

अभिनेत्री सुरक्षा पन्तले अभिनेता मुकुन भुसालको खुट्टा तान्दै गरेकी छन् । अर्को एक पोस्टरमा सुरक्षाले बन्दुक भिरेकी छन् भने मुकुनले एक हातमा ठेकी र अर्को हातमा गुलावको फूल लिएका छन् । अर्को एक पोस्टरमा भने चलचित्रका सबै जसो कलाकार अटाएका छन् ।
सोही पोस्टरमा मुकुनले सुरक्षाको गोडा मिच्दै गरेको देखिन्छ । पोस्टरहरुले चलचित्र कमेडी र सस्पेन्सले भरिएको लाग्दछ ।
एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्रमा मुकुन,सुरक्षाका साथमा नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा,प्रेम देव गिरी,राम नारायण उपाध्याय,गणेश गौतम,अंसु महर्जन,बबिन राई,खड्ग बहादुर पुन,उमेश राई,रजनी गुरुङ,सुनीता सापकोटा,मिना आरएल शाही,रितु मल्ल ठकुरी लगायतले अभिनय गरेका छन् । चलचित्रको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन् ।
धन लक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा बनेको चलचित्रमा सुनिता सापकोटा र राम नारायण उपाध्यायले लगानी गरेका छन् । उदय विक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रको लाइन प्रोड्युसर धनकुमारी श्रेष्ठ बोहरा रहेका छन्।
चलचित्र रामनवमीको अवसर पारेर चैत १३ गतेलाई प्रदर्शन गर्ने निर्माण टिमले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १ श्रावण २०८२, बुधबार  ९ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।