२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट पारित नगरसभाबाट पारित



काठमाडौँ
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि गत आइतबार प्रस्ताव गरेको बजेट आज नगरसभाबाट पारित भएको छ । महानगरका मेयर बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकले बजेट पारित गरेको हो ।

संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहलले ल्याउनुपर्ने समयसीमाभन्दा ढिलागरी महानगरले रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट प्रस्ताव गरेको थियो ।

परित बजेटमध्ये सबैभन्दा बढी पूर्वाधार क्षेत्रमा ५१ प्रतिशत रहेको छ भने पूर्वाधारपछि सामाजिक विकासतर्फ २० प्रतिशत, कार्य सञ्चालन तथा प्रशासनिकतर्फ १४ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १२ प्रतिशत र आर्थिक विकासका लागि तीन प्रतिशत बजेट ल्याइएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बुधबार  ९ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।