२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘एक्टिङ स्टार’ को प्रतिश्पर्धामा १३ जना प्रतियोगी फाइनल



काठमाडौं

लोकप्रिय रियालिटी शो ‘एक्टिङ स्टार’ को प्रतिश्पर्धामा १३ जना प्रतियोगी फाइनल चरणमा गरेका छन् ।
आयोजक महक मिडिया नेटवर्कका अनुसार शोमा नेपालका हिमाल, पहाड, तराई क्षेत्रका साथै भारतका सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल र मुम्बईबाट हजार भन्दा धेरै प्रतियोगीले अडिसन दिएका थिए ।

प्रतियोगीहरु सृजना सुवेदी र विवेक पंगेनीको वास्तविक जीवन घटनामा आधारित एक मार्मिक र प्रेरणादायी प्रस्तुति देखाएको छन् । । सृजनाका श्रीमान् विवेकलाई ब्रेन क्यान्सर भएपछि उनले देखाएको माया, समर्पण र त्यागलाई प्रतियोगी नविना रानाभाटले सशक्त अभिनयमार्फत जीवन्त बनाइन्। नविनालाई अभिनयमा दीपेश खत्री र अनुप भण्डारीले साथ दिएका थिए।

‘एक्टिङ स्टार’ले यस्ता यथार्थपरक जीवनकथाहरूलाई मञ्चमा ल्याउँदै गर्दा नेपाली टेलिभिजनमा वास्तविकता र संवेदनशीलतालाई प्रस्तुत गरेको देखिन्छ।

विजेताले नगद २० लाख रुपैयाँसहित चलचित्रमा अवसर प्राप्त गर्नेछन् । फस्र्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

शो प्रत्येक हप्ता बुधबार र बिहीबार राति ९ बजे एपिवान एचडी टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रशारण भइरहेको छ।

 

 

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार  १० : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।