२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘तक्मेबुढा’को डेव्यु निर्देशनमा चलचित्र ‘मैझारो’को छायांकन सुरु



 

अभिनेता विल्सन विक्रम राई, ‘तक्मेबुढा’ डेव्यु निर्देशनमा चलचित्र ‘मैझारो’को छायांकन सुरु गरिएको छ ।

आज साउने संक्रान्तिको शुभअवसर पारेर पूर्वी नेपालको पहाडी जिल्ला इलामबाट औपचारिक रूपमा छायांकन सुरु गरिएको हो ।

निर्देशक राईका अनुसार चलचित्रमामा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई आधारित चलचित्र निर्माण गर्ने तयारी रहेको छ ।

चलचित्र‘मैझारो’ छायांकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानहरूमा हुनेछ ।

चलचित्रमा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरी लगायत कलाकारहरूको अभिनय हेर्न पाइन्छ ।

‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण हुन लागेको यो पहिलो फिचर चलचित्र हो। यसअघिसम्म कम्पनीले हास्य तथा सांगीतिक सामग्री मात्रै निर्माण गर्दै आएको थियो।

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार  ११ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।