३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धुलिखेल अस्पताललाई पुनः स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु कायम गरियोस्: वडाध्यक्ष गौतम



धुलिखेल । धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द भएपछि सेवाग्राहीहरू मर्कामा परेका छन्। नागरिकको स्वास्थ्य सेवामा प्रत्यक्ष असर पर्ने यो निर्णयप्रति धुलिखेल वडा अध्यक्ष विनोद गौतमले कडा आपत्ति जनाएका छन्।

गौतमका अनुसार, धुलिखेल अस्पताल सुनसान देखिए पनि अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा भने अत्यधिक भीडले तनावपूर्ण अवस्था सिर्जना गरेको छ। उनले भने, “सेवा दिनु हाम्रो कर्तव्य हो, तर हामीसँग आवश्यक पूर्वाधार र जनशक्ति छैन।”

धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र ४० वर्ष पुरानो, भूकम्पले खतरापूर्ण भनिएको भवनमा सञ्चालित छ। बाल स्वास्थ्य सेवाका लागि निर्माण गरिएको जम्मा ५ कोठा रहेको भवनमा एकजना मात्र MBBS चिकित्सक रहेको जनाउँदै उनले भने, “यस्तो अवस्थामा सेवा दिन असम्भवप्रायः छ।”

गौतमले हालको निर्णय हचुवामा आधारित रहेको र यसले सर्वसाधारणको स्वास्थ्य अधिकारमाथि गम्भीर चोट पु¥याएको बताए। उनले तत्काल निर्णयको पुनरावलोकन गर्न माग गर्दै तीन मुख्य बुँदा अघि सारेका छन्:

-धुलिखेल अस्पताललाई पुनः स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु कायम गरियोस्।
-बिना चिकित्सक र पूर्वाधार सेवा सम्भव छैन भन्ने यथार्थ स्वीकार गरियोस्।
– नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न राज्य गम्भीर होस्।

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार  ३ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।