२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भूमि मन्त्री अधिकारीद्वारा अडियो प्रकरणबारे अनभिज्ञता, चरित्र हत्या भएको दाबी



काठमाडौं । साधारण प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपनि भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले आफूलाई मुछिएको विषयबारे थाहा नभएको बताएका छन्।

मन्त्री अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा गुप्ताले आफ्नै हिसाबले बोलेको प्रतिक्रिया दिएका हुन्। यसअघि सार्वजनिक भएको अडियोमा बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनको नियुक्ति गराउन मन्त्री अधिकारीलाई फोन गरिदिन आग्रह गरेको थियो।

अडियोमा गुप्ताले भनेका थिए, “बलरामले खेमका लागि पैसा लिइसकेका छन्, बलरामले गर्दैन।” तर मन्त्री अधिकारीले भने, “पूर्वमन्त्री मसँग आउनुभएको छैन र यो विषयमा कुरा भएको पनि छैन। मसँग आउन पनिुभएको छैन।”

भूमि मन्त्री अधिकारीले आफूलाई चरित्र हत्या गर्ने प्रयास भएको र विवादमा तानिएको दाबी पनि गरेका छन्।

यस अडियोमा पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा सेटिङ मिलाएर दर्ता गर्ने योजना विषयमा तत्कालीन मन्त्री गुप्तासँग बिचौलिया र महिलाबीच ९ मिनेट १३ सेकेन्ड लामो संवाद रहेको थियो।

राजकुमार गुप्ताले सार्वजनिक आरोपपछि मन्त्री पदबाट राजीनामा दिएका छन्।

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार  ६ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।