काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दुई करोडभन्दा बढी मूल्य बराबरको राजस्व छली गरिएका अवैध विद्युतीय उपकरणसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
कार्यालयका अनुसार काठमाडौं महानगरपालिका–३२, पुरानो सिनामंगलस्थित पञ्चमुखी चोकमा चिनियाँ नागरिक
YU WANG अवैध रूपमा ल्यापटपका ब्याट्री, पाटपुर्जा, सिसी क्यामेरा, एचडी क्यामेरा लगायतका विद्युतीय उपकरणहरू भण्डारण र बिक्री वितरण गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले कारबाही गरेको हो।
पक्राउ परेका व्यक्तिको विवरण:
- नाम: YU WANG
- उमेर: ३८ वर्ष
- स्थायी ठेगाना: स्यान्डोङ, चीन
- हालको बसोबास: पुरानो सिनामंगल, काठमाडौं-३२
बरामद सामानको विवरण (कुल मूल्य: रु. २,१९,७६,७००):
| सि. नं. |
सामग्री विवरण |
परिमाण |
अनुमानित मूल्य |
| १ |
तयारी हुन बाँकी विभिन्न मोडेलका ल्यापटप ब्याट्री |
११,९०५ थान |
रु. १,१९,०५,००० |
| २ |
तयारी अवस्थामा रहेका ल्यापटप ब्याट्री |
३,१४९ थान |
रु. ४७,२३,५०० |
| ३ |
ल्यापटप ब्याट्रीका पाटपुर्जा (HP, Dell, Acer, Asus, Lenovo आदि) |
३,०९२ थान |
रु. १५,४६,००० |
| ४ |
ब्याट्री कभर |
२०० थान |
रु. ४०,००० |
| ५ |
साना ब्याट्री |
१,५०० थान |
रु. १,५०,००० |
| ६ |
विभिन्न ब्रान्डका सीसीटीभी क्यामेरा तथा उपकरण |
१,४७९ थान |
रु. ३०,८५,९०० |
| ७ |
स्क्रुड्राइभर सेट (मर्मत कार्यका लागि) |
७ थान |
रु. २,१०,००० |
| ८ |
चाइनिज फाइबर ब्लाङ्केट |
२०१ थान |
रु. २,८८,००० |
उक्त घटनामा संलग्न चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर बरामद सामग्रीसहित थप अनुसन्धान र आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय, हरिहर भवन, ललितपुर पठाइएको छ।
प्रतिक्रिया