२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सवारी दुर्घटना चिन्ताजनक



काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले आर्थिक वर्ष २०८१/०८२ मा अपराधका घटनामा अघिल्लो वर्षको तुलनामा थोरै वृद्धि भएको बताएका छन्। शुक्रबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले झण्डै १.२४ प्रतिशतले मुद्दा संख्या बढेको जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा देशभर ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएका थिए भने २०८१/०८२ मा ५९ हजार २ सय ४ वटा मुद्दा दर्ता भएका छन्।

सबैभन्दा धेरै मुद्दा काठमाडौं उपत्यकामा दर्ता भएका छन्, जसको संख्या १६ हजार १ सय ७२ छ। त्यसपछि मधेश प्रदेश र कोशी प्रदेशमा बढी मुद्दा दर्ता भएका छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम मुद्दा दर्ता भएका छन्।

सवारी दुर्घटना चिन्ताजनक

सवारी दुर्घटनाको अवस्था भयावह रहेको बताउँदै आईजीपी थापाले आर्थिक वर्ष २०८१/०८२ मा २८ हजार ६ सय ९२ वटा दुर्घटना भएको र ती दुर्घटनामा २ हजार ५ सय ४९ जनाको मृत्यु भएको जानकारी दिए। उनका अनुसार एक दिनमा ७ देखि १० जनासम्मले सवारी दुर्घटनामा ज्यान गुमाइरहेका छन्, जसमा मधेश प्रदेश सबैभन्दा बढी प्रभावित छ।

दैनिक गतिविधिमा प्रहरी सक्रिय

थापाले शान्ति सुरक्षाको अवस्था नियन्त्रणमा रहेको दाबी गर्दै नेपाल प्रहरीले दैनिकरूपमा विभिन्न गस्ती तथा चेकिङ कार्यक्रममार्फत निगरानी गरिरहेको बताए। उनका अनुसार:

२ सय २६ वटा सवारी गस्ती

६ सय ९ वटा चेकिङ

१ हजार १ सय १० वटा पैदल गस्ती

७ सय १२ वटा ग्रामीण गस्ती

३० हजार ३ सय ७४ प्रहरी जनशक्ति सुरक्षामा खटिने

२४ घण्टामा औसत ७ हजार २ सय ५५ उजुरी तथा सूचनाहरू प्राप्त हुने

प्रहरी संगठनले अपराध नियन्त्रण र दुर्घटनाको न्यूनीकरणका लागि अझ सशक्त पहल आवश्यक रहेको थापाले बताए।

प्रकाशित मिति : ३ श्रावण २०८२, शुक्रबार  ३ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।