२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर जिल्ला अदालतद्वारा ६५ प्रतिशत मुद्दा किनारा, फर्स्योट दर ७ वर्षयताकै उच्च



ललितपुर । ललितपुर जिल्ला अदालतले गएको एक वर्षमा दर्ता भएका कुल मुद्दामध्ये ६५.६० प्रतिशत मुद्दा फर्स्योट गरेको छ। अदालतका अनुसार वर्षभरिमा लगतमा चढेका ८ हजार १२८ मुद्दामध्ये ५ हजार ३३२ वटा मुद्दा निष्पादन गरिएको हो।

यो फर्स्योट दर विगत सात वर्षयताकै सबैभन्दा उच्च हो। अघिल्लो वर्ष अदालतले ५८ प्रतिशत मुद्दा फर्स्योट गरेको थियो भने आर्थिक वर्ष २०७५/७६ मा यो दर ५९ प्रतिशत थियो।

हाल ललितपुर अदालतमा २ हजार ७९६ मुद्दा विचाराधीन अवस्थामा छन्। तीमध्ये २ वर्षभन्दा बढी समयदेखि विचाराधीन ३ मुद्दा छन् भने १८ महिनादेखि २ वर्षभित्रका ८९ मुद्दा अझै किनारा लाग्न बाँकी रहेको अदालतले जनाएको छ।

https://www.youtube.com/@lalitkhabar

ललितपुर जिल्ला अदालतमा कार्यरत ७ जना न्यायाधीशमध्ये न्यायाधीश रिताकुमारी बख्रेलले सबैभन्दा धेरै मुद्दा किनारा लगाएकी छन्। उनले एकै वर्षमा १ हजार १२५ मुद्दा टुंगोमा पुर्‍याएकी हुन्।

न्याय सम्पादनमा देखिएको यो उल्लेखनीय सुधारले ललितपुर जिल्ला अदालतप्रति जनविश्वास बढाएको देखिन्छ। अदालत प्रशासनले मुद्दा व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने र बाँकी मुद्दा पनि शीघ्र निष्पादन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शुक्रबार  ५ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।