२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘किस्ने कहाँ छ ? को निर्माणको घोषणा



 

काठमाडौँ
नेपाली चलचित्र उद्योगमा पछिल्लो समय नयाँ चलचित्र निर्माणको क्रम तीव्र रूपमा बढिरहेको छ । लगभग दैनिक रूपमा नयाँ नयाँ चलचित्रको घोषणा भइरहेका बेला, निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा बन्ने नयाँ कमेडी विधाको चलचित्र ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा गरिएको छ ।
चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरिएको छ। थिम पोस्टरमा एउटा गाडी हिलो बाटोमा रोकिएर बाटोमा काम गर्दै गरेको मान्छे संग कुरा गर्दै गरेको देख्न सकिन्छ।

चलचित्रको कथा, पटकथा र संवाद लेखक विनय राज पौडेलले तयार पारेका छन्। ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा हेमन्त बस्नेतको लगानी रहेको छ भने कार्यकारी निर्माता इश्वर वल्लव उप्रेती रहेका छन् ।

निर्देशक बस्नेतका अनुसार चलचित्रको छायांकन छिट्टै सुरु हुनेछ । कलाकारहरूको टुंगो भने अझै लागिसकेको छैन, कलाकार छनोटको कार्य भइरहेको निर्माण टिमले जनाए ।

कमेडी विधामा आधारित ‘किस्ने कहाँ छ ? ’ ले नेपाली समाजको गहिरो चित्रण गर्ने अपेक्षा गरिएको छ । यो चलचित्र पनि नेपाली चलचित्रले पछिल्लो समय लिएको कमेडी धारलाई अगाडि बढाउने विश्वास गरिएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शुक्रबार  ९ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।