२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चक्रपथ विस्तार : फ्लाइओभर वा अण्डरपास निर्माण गर्न संसदीय निर्देशन



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले काठमाडौं चक्रपथ दोस्रो खण्ड विस्तारका क्रममा आवश्यक स्थानमा फ्लाइओभर वा अण्डरपास निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको शुक्रबार बसेको बैठकले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा यस्ता संरचना समावेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।

समिति सभापति दीपकबहादुर सिंहका अनुसार चक्रपथ विस्तारको काम तत्काल अघि बढाउनसमेत मन्त्रालयलाई आग्रह गरिएको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश झीलनाथ दाहालले दोस्रो चरणअन्तर्गतको कलङ्की–महाराजगन्ज खण्ड विस्तारको काम चाँडै सुरु हुने जानकारी दिए।

झण्डै ७.२ किलोमिटर लामो उक्त खण्डको विस्तारित संरचना अन्तर्गत सडक चौडा गर्नुका साथै आवश्यतानुसार फ्लाइओभर वा अण्डरपास निर्माण गरिनेछ। सरकारले राजधानीको ट्राफिक समस्या समाधान गर्न चक्रपथ विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ३ श्रावण २०८२, शुक्रबार  १० : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।