२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कुकुर र बिरालो चलचित्र ‘परिवार’का पात्र ?



 

नेपाली चलचित्रमा जनावरहरुको विरलै प्रयोग गरिएको पाइनछ । केह ीबर्षअघि महानायक राजेश हमालले चलचित्र ‘भाउजु’मा ‘मोती’ नामको कुकुरसँग अभिनय गरे । बोक्सीको घर र बाटोजस्ता चलचित्रमा बोक्सी अभि भूत प्रेतको संकेतको रुपमा कालो विरालो देखिएको भए पनि चलचित्रमा जनावरको प्रयोग गरेर चलचित्र निर्माण भएको पाइदैन ।
निर्माणको क्रममा रहेको पछिल्लो चलचित्र ‘परिवार’को पोस्टरमा भने कुकुर र बिरालो देखिएका छन् ।

राजधानीमा शुभमुहूर्त गर्दै निर्माणपक्षले यो चलचित्र निर्माणको घोषणा गरेको हो ।

सोे अनाउन्समेन्ट पोस्टरमा कुकुर र विरालोसँगै एक पुरुष, दुई महिला र एउटा बच्चा देखिएको छ । मदन थापा निर्देशक रहेको अघिल्लो चलचित्र ‘बाटो ः रोड टू डेथ’ हरर विद्यामा निर्माण भएको थियो । व्यावसायिक रुपमा सफल नभए पनि चलचित्रको समिक्षा र चलचित्रबृत्तमा फरक स्वादको भन्दै चर्चा बटुलेको थियो ।
थापाको चलचित्रमा कुकुर र विरालो पात्रको रुपमा पोस्टरमै राखिएको कारण कौतुहल बढाएको छ । च्लचित्रको टाइटल डिजाइनमा ‘परि’ छुट्टै लेखिएको छ भने बाँकी अंग्रेजीमा डब्ल्यूएआर अर्थात् ‘वार’ लेखिएको छ । यसले परिवारमा रहेको द्वन्द्वलाई संकेत गरेको छ । कुकुर र विरालोलाई झगडाको संकेतको रुपमा राखिएको पनि हुनसक्छ ।

यद्यपी निर्माण पक्षले चलचित्रमा कुकुर र विरालोको भूमिकाको बारेमा थप खुलाएको छैन ।

छायांकन सुरु

भ्र्खरैचलचित्रको शुभमुहूर्तसँगै छायाकंन सुरुवात भएको छ । चलचित्रको छायाकंन काठमाडौंमा उपत्यकामा गर्ने निर्माण पक्षको योजना छ । बाँकी केही दृश्य उपत्यका बाहिर छायांकन हुने बताइएको छ।

चलचित्रमा को को कलाकार छन् भन्ने बारेका निर्माण पक्षले कुनै जानकारी खुलाएको छैन ।

चलचित्रमा किरण रिजाल, रमेश साही, भिसाका बिक्रम थापा, स्प्रान्जा कँडेल निर्माता रहेका छन् । सहनिर्मातामा सन्तोष अधिकारी छन् ।

चलचिको कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका छन् । स्टोरी डिरेक्सन भने निर्देशक थापाकै छ ।

रे अफ आर्टको प्रस्तुति रहने चलचित्रमा भिसा आई फिल्मस र साही फिल्मस पनि सहकार्य रहनेछ । आत्रेय प्रोडक्सन हाउसको उत्पादन रहने बताइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, शनिबार  ८ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।