२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘द फेस नेपाल भोल्युम ५’को उपाधि जोस गरेट र तृषा चेम्जोङलाई



 

मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’को पुरुषतर्फको उपाधि जोस गरेट र महिलातर्फ तृषा चेम्जोङले जितेका छन् ।
राजधानीमा भएको फिनालेमा उनीहरुले उपाधिसँगै जनही ३ लाख ५० हजार रुपैंयाँ नगद पुरस्कार जितेका छन् ।
यू क्यान फ्लाई मोडलिङ एजेन्सीले आयोजना गरेको प्रतियोगितामा गणेश क्षेत्री र एलिना चौधरी फस्ट रनरअप, एलेन थापा र प्राश्ना श्रेष्ठ सेकेण्ड रनरअप तथा इर्भान वीर कंशकार र प्रतिष्ठा रिजाल थर्ड रनरअप भए ।
कम्पनीकी प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले नेपाली मोडललाई नेपालमै उनीहरुको प्रतिभा चिनाउन प्रतियोगिता गरिएको बताइन् । ‘यो प्रतियोगिता पछि यसको जुन किसिमको हाइप नेपालमा बढेको छ, विजेताले जुन किसिमको एक्सपोजर ल्याउनुभएको छ । त्यो कुराले हामी सन्तुष्ट र खुशी छौं’, उनले भनिन् ।
एजेन्सीका संस्थापक सम्शाद शाहले प्रतियोगिता मोडलहरुका लागि उपयुक्त प्लेफर्म बनेको बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, शनिबार  ९ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।