२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कलाकारहरुको पारिवारिक झगडाले सामाजिक सञ्जाल फोहोर



ललितखबर
पछिल्लो समय सामाजिकका कलाकारका नीजि जीवन छताछुल्ल रुपमा सार्वजनिक हुने क्रम बढको छ ।

सञ्चारमाध्यमहरुमार्फत अभिनेता भुवन केसी र सुस्मिता केसीबीचको सम्बन्ध विच्छेदको घटना सार्वजनिक भएपछि अन्य धेरै कलाकारहरुको पनि सम्बन्धविच्छेदको घटना बाहिर आउन थाले ।

कलाकारहरु गौरी मल्ल,पुजा चन्द,प्रियंका कार्की, मनिषा कोइराला,सञ्चिता लुइटेल, अञ्जु पन्त र रिमा विश्वकर्मालगायतको सम्बन्ध विच्छेद भएपनि उनीहरुको पारिवारिक बेमेल बाहिर आएन तर केही समयअघि गायिका बबिता बानियाँ‘जेरी’ र शंकर क्षेत्रीबीचको पारिवारीक बेमेलले सामाजिक सञ्जाल तातेको थियो । उनीहरुको व्यक्तिगत झगडा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरै युट्युवरले कमाउने अवसर समेत पाएका थिए ।

अभिनेत्री अरुणीमा लम्साल र युवराज श्रेष्ठबीचको सम्बन्ध विच्छेदको घटनालाई अभिनेत्री लम्सालले धेरै सञ्चारमाध्यमहरुलाई अन्तवार्ता दिएर उछाल्ने प्रयास गरिन् । तर पुर्वपति श्रेष्ठले उनको प्रतिवाद गरेनन् । वर्षा सिवाकोटी र आषिस गेलालबीचको सम्बन्ध विच्छेदको घटना मात्रै सार्वजनिक भयो । झगडा भने सुनिएन ।

हास्यकलाकार मनोज गजुरेल र मिना ढकालको पारिवारिक दरारको घटना लामो समयसम्म इन्टरनेटको दुनियामा फैलिरह्यो । कलाकार मनोज गजुरेल र उनकी श्रीमती ढकालले धेरै समयसम्म एक अर्काको पोल खोलेर आफ्नै आँङको धुलो उडाएका थिए ।

हास्यकलाकार पवन खतिवडा र सुम्निमा खालिङबीचको सम्बन्ध विच्छेदको घटना धेरै दर्शकले सम्झने घटना रहेको छ । पारिवारिक झगडाको क्रममा कलाकार खलिवडालाई सुम्निमाले आक्रमण गरेको र उनी घाइते भएको फुटेल अहिने पनि इन्टरनेटमा भेटिन्छ ।

सामाजिक सञ्जालमा रेखा थापा र छवि ओझाबीचको सम्बन्ध विच्छेदको झगडाबाट धेरै दर्शकले मनोरञ्जन लिए । पछिल्लो समय शिल्पा पोखरेलले र चलचित्र निर्माता छवि ओझासँग विवाह गरेपनि सम्बन्ध टिकेन । उनीहरुको घर झगडा पनि इन्टरनेट मार्फत सामाजिक सञ्जालमा आयो । दुबैको झगडा अदालत पुग्यो अंश मुद्दा जितेपछि निर्माता घरविहीन बनेको घटनाले सामाजिक सञ्जालमा नयाँ तरंग ल्याएको थियो ।

आजकल एलिना चौहान र विष्णु सापकोटाको सम्बन्ध विच्छेदपछिको झगडा छताछुल्ल छ । अपसी समजदारीमा टुंगिएको सो सम्बन्धको सामाजिक सञ्जालमा गायिका चौहानलाई गालीको बर्षा हुन सुरु भएपछि उनले मुख खोलेकी छिन् ।

लामो समयसम्म सञ्चारमाध्यमहरुमा विष्णुसँगको सम्बन्धको बारेमा गायिका चौहान बोल्दै आएकी थिइन् । पुर्वपति विष्णु पनि एलिनाको व्यावहारले आफूलाई मानसिक पिडा भएकोले अदालतको ढोका ढक्ढकाएको प्रतिकृया दिएका छन् ।
कलाकारहरुले आफ्नो प्रसिद्धिको तागतलाई दुरुपयोग गर्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा हतियारको रुपमा प्रयोग गर्दै एक अर्कालाई बद्नाम गरिरहेको टिप्पणी सुन्न र देख्न पाइन्छ । कलाकारहरुले विभिन्न वाहनामा व्यक्तिगत जीवनलाई इन्टरनेटमार्फत भाइरल बनाएर फोहोर गरिरहेका छन् भने युट्युवरहरुले कमाइखाने भाँडो बनाइरहेका छन् ।

 

 

 

प्रकाशित मिति : ४ श्रावण २०८२, शनिबार  १२ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।