२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा ढलले बगाएका ६० वर्षीय वृद्धको सकुशल उद्धार



काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित बाबा चोक नजिकै ढलमा बगाएका एक पुरुषको सकुशल उद्धार गरिएको छ।

ढलमा खसेका व्यक्तिलाई करिब १०० मिटर तलसम्म बगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। तत्कालै उद्धारका लागि प्रहरी वृत्त बौद्धबाट डिएसपी जयश्वर रिमालको नेतृत्वमा टोली खटिएको थियो।

प्रहरीका अनुसार, उद्धार गरिएका व्यक्ति दोलखा घर भई मुलपानी खहरेमा बसोबास गर्दै आएका ६० वर्षीय तोरणबहादुर बस्नेत हुन्। उनी ढलमा बगेपछि स्थानियको खबरमा प्रहरी टोली सक्रिय भएको थियो।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ४ श्रावण २०८२, शनिबार  ४ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।