काठमाडौं । काठमाडौँ महानगरपालिका–१३, ताहाचलस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई नगद रु. १ लाख ३५ हजार ३ सय रुपैयाँसहित पक्राउ गरेको छ।
प्राप्त सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले मिति २०८२ साउन २ गते साँझ ४:३० बजेतिर उक्त स्थानमा छापा मार्दा जुवामा संलग्न पाँच जना व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।
बरामद सामग्री
पक्राउ परेकासँग रु. १,३५,३०० नगद र २४ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध हाल अनुसन्धान भइरहेको छ।
पक्राउ पर्नेहरू:
१. बिम्मा छिरिङ दोर्जे थिङ (३२ वर्ष), लालबन्दी–११, सर्लाही – हाल ताहाचल
२. सोम बहादुर तामाङ (४५ वर्ष), चौर देउराली–३, काभ्रे – हाल गैरीगाउँ, चन्द्रागिरी
३. वाङ दोर्जे लामा (४३ वर्ष), नालेभारे, शंखरापुर
४. अमिर राज थापा (५० वर्ष), नैकाप, चन्द्रागिरी
५. परशुराम श्रेष्ठ (४२ वर्ष), बेलकोटगढी–५, नुवाकोट – हाल डल्लु








प्रतिक्रिया