३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ताहाचलबाट जुवा खेलिरहेका पाँच जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद



काठमाडौं । काठमाडौँ महानगरपालिका–१३, ताहाचलस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई नगद रु. १ लाख ३५ हजार ३ सय रुपैयाँसहित पक्राउ गरेको छ।

प्राप्त सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले मिति २०८२ साउन २ गते साँझ ४:३० बजेतिर उक्त स्थानमा छापा मार्दा जुवामा संलग्न पाँच जना व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

बरामद सामग्री

पक्राउ परेकासँग रु. १,३५,३०० नगद र २४ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध हाल अनुसन्धान भइरहेको छ।

पक्राउ पर्नेहरू:

१. बिम्मा छिरिङ दोर्जे थिङ (३२ वर्ष), लालबन्दी–११, सर्लाही – हाल ताहाचल
२. सोम बहादुर तामाङ (४५ वर्ष), चौर देउराली–३, काभ्रे – हाल गैरीगाउँ, चन्द्रागिरी
३. वाङ दोर्जे लामा (४३ वर्ष), नालेभारे, शंखरापुर
४. अमिर राज थापा (५० वर्ष), नैकाप, चन्द्रागिरी
५. परशुराम श्रेष्ठ (४२ वर्ष), बेलकोटगढी–५, नुवाकोट – हाल डल्लु

प्रकाशित मिति : ५ श्रावण २०८२, आइतबार  ४ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।