२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उदयपुरका बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो



उदयपुर । उदयपुरका १५ वर्षीय एक बालकको पेटमा अड्किएको कैंची शल्यक्रिया गरेर निकालिएको छ। खेल्ने क्रममा गल्तीले निलेको उक्त कैंची सानो आन्द्रासम्म पुगेको थियो।

बालकको शल्यक्रिया विराटनगरस्थित नोबेल मेडिकल कलेजका चिकित्सक टोलीले गरेका हुन्। अस्पतालका प्रबन्धक दीपेश राईका अनुसार बालकलाई असार १७ गते अस्पतालमा भर्ना गरिएको थियो। ल्याप्रोस्कोपी विधिबाट गरिएको शल्यक्रियाबाट पेटभित्र अड्किएको कैंची सफलतापूर्वक निकालिएको हो।

परिवारका अनुसार बालक घरमा टेलिभिजन हेर्दै गर्दा मुखमा खेलाइरहेको सानो कैंची अचानक घाँटीभित्र छिर्‍यो। बालकले “कैंची अड्कियो” भन्दै चिच्याएपछि हजुरबुबाले झिक्ने प्रयास गर्दा त्यो झन् भित्र पस्यो।

स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई विराटनगरस्थित नोबेल मेडिकल कलेज ल्याइएको थियो। त्यसबेला सम्ममा कैंची पेटसम्म पुगिसकेको थियो। गम्भीर अवस्थामै भर्ना गरिएका बालकको शल्यक्रिया ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई र डा. दिनेश अधिकारीको टिमले गरेका थिए।

अस्पतालका अनुसार उक्त कैंची बालकको सानो आन्द्रासम्म पुगेको थियो। अत्यन्त संवेदनशील मानिने शल्यक्रिया भए पनि चिकित्सकहरूको सफल प्रयासले बालकको ज्यान जटिल अवस्थाबाट जोगाइएको हो।

शल्यक्रिया सफल भएपछि बालक अहिले पूर्ण रूपमा सामान्य अवस्थामा घर फर्किसकेका छन्।

प्रकाशित मिति : ५ श्रावण २०८२, आइतबार  ९ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।