काठमाडौंसाउन महिनाको पहिलो सोमबार आज राजधानीको पशुपतिनाथ मन्दिरमा दर्शन गर्न भक्तजनहरुको भीड लागेको छ ।

मन्दिर परिसरमा विहानैदेखि विशेष गरेर महिलाहरुको भीड देखिन्छ । ब्रत बसेका महिलाहरुले हातमा फूलपाती र फलफुल बोकेर लाइन बसिरहेका छन् ।

त्यस्तै, मन्दिरमा विहानैदेखि बोलबम यात्रीहरु आउने क्रम सुरु भएको छ । वागमतीको शिर वागद्वारबाट शुद्ध जल बोकेका बोलबम यात्रीहरु खाली खुट्टा हिडेर कलशमा पशुपतिनाथ मन्दिरसम्म आएर जल चढाउने गर्दछन् ।


लेन्स : हरिराम भेटुवाल








प्रतिक्रिया