काठमाडौं
यतिबेला अभिनेता बेनिशा हमाललाई जतिको तनाव अरु कसलाई होला र? कहिले चलचित्रमा धमाधम काम ग¥यो, प्रर्दशन कहिले हुने हो टुङ्गो हुँदैन।
चलचित्र खेल्यो निर्माण पक्षले समयमा नै प्रर्दशन नगर्दा झण्डै वर्षै खेर जाला जस्तो अवस्थामा ।
एकै पटक दुई वटा चलचित्र हलमा लाग्ने तयारी हुँदा झनै बेनिशालाई तनावको सिर्जना बढेको छ । किनभने कुन चलचित्रको प्रचार गर्दैछु भन्न समेत भेउ पाउन सकेकी छैनन् । यही साउन २३ गते आफूले अभिनय गरेको चलचित्र एकैदिनदेखि प्रर्दशन सुरु हुने भएपछि बेनिशालाई गाह्रो परेको हो ।
एक हिसावले उनलाई मिडियामा छाउन समस्या भएन तर फरक फरक मितिमा प्रर्दशन गरिदिएको भए लामो समय मिडियामा छाइन्थ्यो । आफ्ना चलचित्र प्रर्दशन भएको आभास पनि हुन्थ्यो । तर सिनेमा निर्माणकर्ताले एकै पटक चलचित्र जुधाई दिएपछि तनाव नहुने कुरै भएन । उनलाई मात्र होइन,जो कोहीलाई यस्तो बेलामा तनावै हुने हो।
उनले भर्खरै चलचित्र ‘मोहर’मा पल शाहसँग अभिनय गरेकी छन् भने ‘सिटामोल’मा सौगात मल्लसँग । सौगातसँग ८ वर्षअघि चलचित्र ‘झ्यानाकुटी’मा अभिनय गरेकी थिइन्। चलचित्र ‘स्वर’बाट अभिनेत्रीमा डेब्यु गरेकी बेनिशाले दर्जनौ चलचित्रमा अभिनय गरिसकेकी छन्।
उनले हालै ‘बिगुल’को काम सकाएकी छन्। उनी निर्मात्रीको रुपमा आउने तयारीमा छिन्। जे होस्,एकपछि अर्को चलचित्रमा काम पाइरहे पनि ‘मोहर’ र ‘सिटामोल’को एकआफसमा भिड्दा तनाव बेनिशालाई तनाव छ । तनाव भएर के गर्नु ? न त निर्माता निर्देशकले चलचित्र प्रर्दशन गर्न सक्छन् । चलचित्र प्रर्दशनको साँचो त वितरकसँग छ कि कसो बेनिशा ???








प्रतिक्रिया