२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्सेमा फेरि ८० अंकको उछाल



काठमाडौं । नेपाली सेयर बजार मंगलबार फेरि उत्साहजनक रुपमा उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से सूचक ८०.९७ अंकले उकालो लाग्दै २.७९ प्रतिशतको वृद्धिसहित २,९७३.७० बिन्दुमा पुगेको हो।

आज ४ करोड ३५ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल २० अर्ब ८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यो पछिल्ला दिनहरूमा देखिएको उच्च कारोबार हो।

दिनभरको कारोबारमा २३६ वटा कम्पनीका सेयर मूल्यमा वृद्धि आएको छ भने १४ वटा कम्पनीका सेयर घटेका छन्।

यस दिन ट्रेड टावर लिमिटेड, शिवम् सिमेन्ट, सान्भी इनर्जी, उन्नति सहकार्य लघुवित्त र विन्ध्यवासिनी हाइड्रोपावर का सेयर क्रमशः १०, ९.९९, ९.९९, ९.९० र ९.७६ प्रतिशतले वृद्धि भएका छन्। ती कम्पनीका लगानीकर्ताले प्रतिकित्ता क्रमशः ४८.७०, ५६.८६, ४३.४०, २२४.७६ र ५५.४२ रुपैयाँसम्म आम्दानी गरेका छन्।

यता केही लगानीकर्ताले भने आज अधिकतम ३.९४ प्रतिशतसम्म घाटा बेहोर्नुपर्‍यो। एलबीबीएल डिबेन्चर, एनआईबीएल ग्रोथ फन्ड, बोटलर्स नेपाल बालाजु, ग्रिन डेभलपमेन्ट बैंक र पञ्चकन्या माई हाइड्रोपावर का सेयर मूल्य घटेका हुन्।

सर्वाधिक कारोबारमा नेपाल पुनर्बीमा कम्पनी अगाडि रहेको छ, जसको ७१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि शिवम् सिमेन्ट (६८ करोड), हिमालयन रिइन्स्योरेन्स (५६ करोड), बुटवल पावर कम्पनी (५१ करोड) र ङादी ग्रुप पावर (४६ करोड) क्रमशः अगाडि छन्।

उपसमूह सूचकहरूमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। जीवन बीमा, उत्पादन र लघुवित्त (माइक्रोफाइनान्स) समूहमा करिब ४ प्रतिशतको उछाल आएको छ। अन्य, लगानी, र होटल समूह ३ प्रतिशतले उकालो लाग्दा वाणिज्य बैंक, विकास बैंक र निर्जीवन बीमा २ प्रतिशतले बढेका छन्।

सूचक, कारोबार र समूहगत वृद्धि सँगै बजारको समग्र पुँजीकरण ४९ खर्ब रुपैयाँ नाघेको छ। विश्लेषकहरूका अनुसार बजारमा देखिएको यो उछाल मौद्रिक नीतिपछि पुनः बलियो मनोविज्ञान र सकारात्मक लयको संकेत हो, जसले आगामी दिनमा नेप्से सूचकलाई ३ हजार बिन्दु पार गराउन सक्ने सम्भावना बलियो बनाएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, मंगलबार  ३ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।