२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा दुई जनाको शव भेटियो



काठमाडौं
काठमाडौंको दक्षिणकाली र थलीमा एक एक जना जना गरेर दुई जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका ७ निमिटोल डेरा गरी बस्ने मोरङ केराबारी गाउँपालिका ४ घर भएका ३१ वर्षीय शेरबहादुर तामाङ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ५ थलीस्थित खाली चौरमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला
परेका छन् ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बुधबार  ७ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।