२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरि शान्ति वनमा शव फेला, १० दिनदेखि बेपत्ता कीर्तिपुरका सकेश महर्जनको भएको पुष्टि



काठमाडौं । चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँस्थित शान्ति वनमा बिहीबार मध्यान्ह फेला परेको शव १० दिनदेखि सम्पर्कविहीन बनेका सकेश महर्जनको भएको पुष्टि भएको छ। ५० वर्षीय महर्जन कीर्तिपुर नगरपालिका–९, छुगाउँस्थित घरबाट असार ३१ गते बिहान करिब पौने १२ बजे निस्किएका थिए।

स्थानीय जनप्रतिनिधिका अनुसार शव केही दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिएको थियो, जसका कारण पहिचान गर्न कठिनाइ भएको थियो। शव फेला परेपछि प्रहरीलाई खबर गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हाल शव परीक्षणका लागि अस्पताल पठाइएको छ।

महर्जनले हाँक्ने मोटरसाइकल मच्छेगाउँमै फेला परेपछि खोजी तीव्र पारिएको थियो। शान्ति वनमा काममा खटिएका मजदुरहरूले रुखमा मानिस झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि मृतकका परिवारले शव महर्जनकै भएको पुष्टि गरेका हुन्।

प्रकाशित मिति : ९ श्रावण २०८२, बिहिबार  ५ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।