काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित भित्री सडकमा मिनी ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार बा.३ ख ४३४५ नम्बरको मिनी ट्रक (आईचर)ले खेलिरहेकी फुर्वु लामा शेर्पालाई ठक्कर दिएको थियो। नाम्गेल बसपार्कबाट भित्री सडक हुँदै ब्याक गर्ने क्रममा ट्रकले बालिकालाई ठक्कर दिएको जनाइएको छ।
दुर्घटनापछि गम्भीर घाइते भएकी बालिकाको घटनास्थलमै मृत्यु भएको थियो। ट्रक चालक भक्तपुर सूर्यविनायक नगरपालिका–९ का ३६ वर्षीय हरि बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई गोकर्णस्थित प्रहरी प्रभागमा राखेर अनुसन्धान भइरहेको छ।








प्रतिक्रिया