२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


समस्याग्रस्त घोषित सहकारीको ऋण नतिरे साँवा, ब्याज र हर्जानासमेत असुल गरिने



काठमाडौं
समस्याग्रस्त घोषित सहकारीको ऋण नतिरे साँवा, ब्याज र हर्जानासमेत तिर्नु पर्ने भएको छ ।

बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौंले सूचना प्रकाशित गरेर तत्काल ऋण तिर्न नतिरे ब्याज र हर्जानासमेत लिने जानकारी दिएको छ ।

पाँच सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तभित्र ऋण तिर्न बागमती प्रदेश सरकारले ताकेता गरेको छ । सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋणीहरुलाई भदौं मसान्तसम्म ऋण तिर्ने समय दिएको छ ।

आज सार्वजनिक सूचनामा सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरुलाई समयमै नतिरे असुली सम्बन्धी आवश्यक कानुनी काबारहीको प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

समस्याग्रस्त सहकारीका ऋणीहरुबाट व्याज र हर्जना असुल नहुने हुँदै धेरै ऋणीहरु ऋण तिर्न तयार देखिएका छैनन् । सहकारीबाट लिएको ऋण नतिरेकै कारण समस्याग्रस्त सहकारीहरु समस्यामा छन् ।

प्रकाशित मिति : १० श्रावण २०८२, शुक्रबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।