काठमाडौं
काठमाडौं गोकर्णेश्वरस्थित नाम्देल बसपार्कमा गाडीको ठक्करबाट वालिकाको निधन भएको छ ।
प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका ४ नाम्देल बसपार्कस्थित सडकमा बा.३ ख ४३४५ नम्बरको गाडीको ठक्करबाट सोही नगरपालिका–४ बस्ने संखुवासभा घर भएका फुर्बा शेर्पाकी छोरी २ वर्षीया फुर्पुलामो शेर्पाको बिहीबार दिउँसो घटनास्थलमै निधन भएको छ ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया