८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वराष्ट्रपति भण्डारीको प्रस्टोक्ति:’एमालेको सदस्यता कसैले हटाउन सक्दैन’



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को आफ्नो सदस्यता कसैले चाहेर हटाउन नसक्ने दाबी गरेकी छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेप्रति आफ्नो प्रतिबद्धता यथावत् रहेको स्पष्ट पारिन्।

भण्डारीले भनिन्, “सोचेर एमालेको सदस्यता नवीकरण गरेकी हुँ। पहिले पनि एमाले थिएँ, अहिले पनि एमाले हुँ। समृद्ध नेपाल र सुखी नेपाली कसरी बनाउने भन्ने लक्ष्यमा म अझै समर्पित छु।”

उनले पार्टी उपाध्यक्षको हैसियतमा राजनीतिक योगदान दिएको उल्लेख गर्दै आफ्नो सदस्यता खारेज गर्न खोजिएको प्रयास अस्वीकार्य रहेको बताइन्। “कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खोस्न सक्छ भन्ने मलाई लाग्दैन,” उनले प्रस्ट पारिन्।

एमाले नेतृत्वले उनको सदस्यता नवीकरण अस्वीकार गर्ने निर्णय गरेपछि उत्पन्न विवादमा भण्डारीको यो अभिव्यक्ति प्रतिक्रिया स्वरूप आएको हो। राजनीतिक वृत्तमा भण्डारीको सक्रियता र एमालेसँगको सम्बन्धबारे बहस थप चर्किएको छ।

प्रकाशित मिति : १० श्रावण २०८२, शुक्रबार  ४ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।