३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कर्मानासा खोलामा जलसतह बढ्न सक्ने, सतर्कता अपनाउन आग्रह



ललितपुर । ललितपुर जिल्लामा शुक्रबार बेलुका मध्यम वर्षा भएपछि कर्मानासा खोलामा जलसतह बढ्न सक्ने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले शुक्रबार साँझ ७:३५ बजे सार्वजनिक गरेको सूचनामा ललितपुरस्थित खुमलटार वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको जनाइएको छ। सोही आधारमा कर्मानासा खोलामा पानीको बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको हो।

विभागको सूचनामा भनिएको छ, “ललितपुर जिल्ला स्थित खुमलटार वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ। कर्मानासा खोलामा जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरूले सतर्कता अपनाइराखौँ।” यसबाहेक, विभागले नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन, नदी किनार क्षेत्रबाट टाढा रहन तथा स्थानीय निकाय तथा सुरक्षाकर्मीहरूको सूचनालाई पालना गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १० श्रावण २०८२, शुक्रबार  ८ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।