२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री नीतिको चल्दैन चलचित्र, तर पनि छ लस्कर



काठमाडौं
खासमा मोडल हुन् नीति शाह । ‘मिस इन्टरनेशनल नेपाल २०१७’ को ताज पहिरिएपछि उनी मोडलिङ दुनियाँमा चम्कन थालिन् । उनले थुप्रै विज्ञापनमा मोडलिङ गरेकी छिन् । मोडलिङ दुनिमा चकाचक विजनेस पाइरहेकी मोडल नीति चलचित्रमा फर्केपछि एक से एक फ्लप चलचित्र दिइरहेकी छिन् ।

तर अचम्म नै मान्नुपर्छ, उनका लागि चलचित्रको लस्कर छन् । ‘खजुरे ब्रो’, ‘ज्वाई साव’, ‘नरसिंहाः अवतार’ पछि अब चलचित्र ‘मोहोर’ प्रर्दशन हुने क्रममा छ ।
दर्शकले नपत्याए पनि मोडल नीति शाहलाई स्थापित गराउन आफू हारेर भए पनि निर्देशक र निर्माता मरिहत्ते गरेर लागि परेका छन् । चलचित्र नचले पनि नीतिलाई  चलाउन निर्माता निर्देशक मरिहत्ते गरिरहेका छन्, किन ? यसको उत्तर कसैसँग छैन ।

करिव एक बर्षअघि ‘खजुरे ब्रो’बाट चलचित्रमा डेव्यु गरेकी नीतिसँग रेअर राईसँग जोडी जम्न सकेन चलचित्र फ्लप भयो ।
अब उनी अभिनीत चलचित्र ‘मोहर’ साउन २३ बाट हुँदैछ । चलचित्र चल्ला कि फेरि अर्को नाम फ्लपको सूचीमा थपिएला? त्यो त हल खुलेपछि मात्र थाहा हुनेछ। भ्र्खरै अभिनेत्री नीति चलचित्र ‘जदौं’मा अनुबन्धित भएकी छिन् । उनी चलचित्र ’रूखान’मा समेत अभिनय गर्ने चर्चा छ ।

चलचित्र ‘ज्वाइँ साब’ चलचित्र बक्सअफिसमा राम्रो गरेपनि नीतिको अभिनयको तारिफ सुनिएन । उनको अभिनय क्षमतालाई दिएर समिक्षकहरुले आलोचना गरिरहे ।

चलचित्र ‘नरसिंहाः अवतार’मा नीतिको अभिनय निक्कै कमजोर भएको भन्दै आलोचना सुनियो । उनको जोडी राज कटुवलको कमजोर अभिनयले नीतिको सुन्दर जोडीले समेत तारिफ पाएन ।

भर्खरै टेलिभिजन कार्यक्रम कमेडी नाइट विथ च्याप्पियनमा हास्यकलाकार सुमन कोइरालाले उनकै अगाडि रोस्ट हाने । “एक्टिङ क्लास नगरेको मान्छेले फिल्ममा भटाभट काम पाइराख्या छ !’ भन्दै आँखै अगाडि आलोचना गरे । अभिनेत्री शाहले सुनेर बसिरहिन् ।

कार्यक्रममा नीति निकै शान्त देखिइन्। डेढ घण्टा लामो शोमा मुश्किलले तीनपटक बोलिन् । तर जति बोलिन्, त्यति नै चर्को विवाद भयो । उनले आफूले भाग्यले चलचित्र पाइरहेको स्वीकार गरिन् । जुन जवाफले अब उनको अभिनय क्षमता र चलचित्रमा रहिरहनु बारे फेरि प्रश्न उठाएको छ ।

के भाग्यले मात्र करिअर टिक्छ? कि मेहनत र प्रतिभा पनि चाहिन्छ? निर्माता र निर्देशकको जोडबलले एउटा बलाकार बक्सअफिसमा टिक्न सम्भव छ र ? यसको उत्तर समयले दिनेछ पक्कै ।

 

प्रकाशित मिति : ११ श्रावण २०८२, शनिबार  १ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।