१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘द ब्ल्यू लाइट’को टिजरमा डराइरहेकी वालिकाको कथा



 

स्वभावतः वालवालिकाहरु छिट्टै डराउछन् । उनीहरुभित्र उव्जेको डर र त्रासले मान्छेको जीवनमा धेरै फरक पारिरहेको हुन्छ । यस्तै कथामा निर्माण भएको साइकोलोजिकल थ्रिलर चलचित्रको टिजरमा रोचक दृश्य रहेको छनक दिएको छ ।

भर्खरै सार्वजनिक भएको टिजरमा वाबु मरेको सपना देखेकी वालिकाको दृश्यबाट सुरु हुन्छ । बुवा पात्रमा अभिनय गरेका अपर्ण थापाले छोरीलाईसपनामा मरेको देखेको मान्छेको आयु लामो हुन्छ भन्दै सम्झाइरहेका छन् । दृश्यमा बन्चरो बोकेर हिडिरहेको, भित्ता फोरिहेको र काथ थापेर भित्तामा सुनिरहेको दृश्यले चलचित्रमा खास विषयबस्तु समेटिएको भान हुन्छ । चलचित्रको टिजरले दर्शकप्रति थप रुचि जगाएको आवास हुन्छ ।

टिजरमा बेनिशा हमालसँगै अपर्ण थापा र श्रृष्टि श्रेष्ठ छन् । तीनै जना तनावपूर्ण भावमा छन् ।

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन् । प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक समेत रहेका चौहानकोको यो डेब्यु सिनेमा हो ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्र ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।
निर्माणपक्षले कलाकारको भूमिका र चलचित्रको कथाबारे प्रष्ट पारेको छैन । निर्देशक चौहानले विस्तारै खुलाउँदै जाने बताएका छन् ।

आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, शनिबार  २ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।