१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


युवतीले आफ्नै घरमा आगो लगाएपछि जलेर निधन



तम्घास
गुल्मीमा आफ्नै घरमा आगो लगाएपछि एक युवतीको जलेर निधन भएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आज विहान निधन भएको वडाध्यक्ष केशवराज भण्डारीले जानकारी दिएका छन् ।
उनका अनुसार जुना आफैँमा मानसिक अवस्था कमजोर रहेको र उनी आफैँले घरमा आगो लगाएको थिइन् ।
स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट रु तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०८२, आइतबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।