१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कपाल मुण्डन गरेर रुपाकोटका मेयरको माइतीघरमा सत्याग्रह



काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले संघीय सरकारको बेवास्ताविरुद्ध माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका छन्।

संघीय कानुनले स्थानीय कच्चा सामग्री प्रयोगमा अवरोध पुर्‍याएको भन्दै सात बुँदे मागसहित भट्टराईले कपाल मुण्डन गरेर आफ्नो आन्दोलनको शुरुवात गरेका हुन्। उनका अनुसार यसअघि संघीय सरकारसमक्ष लिखित तथा मौखिक रूपमा पटक–पटक अनुरोध गर्दा पनि वेवास्ता भएकाले आफू सत्याग्रहमा बस्न बाध्य भएको बताएका छन्।

सिंहदरबारको दक्षिण गेटमा कपाल मुण्डन गर्न पुगेका भट्टराईलाई सुरक्षाकर्मीले त्यहाँ निषेधित क्षेत्र भएको भन्दै नियन्त्रणमा लिएर माइतीघर मण्डलामा पु-याएका थिए। त्यसपछि उनले त्यहीँबाट आफ्नो शान्तिपूर्ण सत्याग्रह सुरु गरेका हुन्।

मेयर भट्टराईले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन र स्थानीय स्रोतसाधनको उपयोग सुनिश्चित गर्न संघीय सरकार गम्भीर हुनुपर्ने माग राखेका छन्।

प्रकाशित मिति : १२ श्रावण २०८२, आइतबार  १० : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।