काठमाडौं
पछिल्लो समय चलचित्र घोषणासँगै प्रर्दशन मिती तोकिन्छ । अनि हतार हतार छायाँकन र पोष्ट प्रोडक्सनको काम गरिन्छ । कतिपय चलचित्र हतारमा लतारपतार भएर भनेजस्तो चलचित्र बन्दैन अनि फ्लप बन्ने गरेको छ ।
कतिपय चलचित्र चाडै मिती घोषणा गरिदा प्रतिश्पर्धी चलचित्रले बजार खोस्छन् । निर्माता निर्देशकको सपना चकनाचुर हुन्छ ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र द‘पीआर’लरा भएर प्रिमियरको घोषणा गरे पनि प्रर्दशन मिती अझैं तय गरेको छैन । निर्माण पक्षका अनुसार यो चलचित्रको प्रिमियर आगामी अगस्ट ९ र १२ असार २५ र २७ गते मा अष्ट्रेलियाका दुई सहरमा हुदैछ ।
चलचित्रको पहिलो प्रिमियर अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाका दुई हलमा हुनेछ भने दोस्रो प्रिमियर अगस्ट १२ मा न्यू क्यासलको रिडिङ सिनेमाका दुई हलमा आयोजना गरिने निर्माण पक्षले जानकारी दिएको छ।
चाँडै नै यो चलचित्रलाई विश्वव्यापी रूपमा रिलिज गर्ने तयारीमा रहेको बताउदै चलचित्रको प्रर्दशनका लागि वितरकसँग छलफल भइरहेको जानकारी दिएको छ ।
चलचित्र अष्ट्रेलियामा आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतीमा प्रदर्शन हुँदैछ।
शोभित बस्नेतद्वारा निर्देशित चलचित्रमा आर.ए. सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी र नवीन घायलको अभिनय रहेको छ।
त्यसैगरी विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसीले अभिनय गरेका छन्।
फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता छन्। कथा निर्देशक बस्नेतकै हो भने पटकथा र संवाद गणेश बुढाथोकीले तयार पारेका हुन्।
छायांकन सौरभ सायमी (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल)ले गरेका हुन भने सम्पादन बन्दे प्रसादको छ। नृत्य रामजी लामिछाने, संगीत मानस राज र भीम बीसीको रहेको छ।
निर्माण व्यवस्थापन केवलमान सिंह बस्नेतले सम्हालेका छन् भने प्रमुख सहायक निर्देशकमा रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ रहेका छन्। निर्देशक बस्नेतका अनुसार चलचित्रको ६० प्रतिशत छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र ४० प्रतिशत नेपालमा गरिएको हो।
विदेशमा रहेका नेपाली विद्यार्थीहरूको संघर्ष, र नेपालमा रहेका परिवारजनको पीडा चलचित्रको मुख्य विषयवस्तु हो।
निर्माण टिमका अनुसार ‘पीआर’ नेपाली डायस्पोराले हेर्नैपर्ने चलचित्र हो। विदेश गएका छोराछोरीले र नेपालमा रहेका बुवाआमाले एक अर्कामा गर्ने आर्थिक तथा विभिन्न कुरालाई फिल्मको कथामा समेटिएको छ। चलचित्रको कथाका बारेमा सुनाउदै निर्देशक बस्नेतले भने, ‘अहिले ‘पीआर’ प्रति अष्ट्रेलियाका विभिन्न सहरहरूमा उच्च माग देखिएको छ।’








प्रतिक्रिया