काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी विभागले सडकमा निर्माण सामग्री राखी सार्वजनिक बाटो अवरोध गरेको आरोपमा एक व्यक्तिलाई जरिवाना गरेको छ ।
कोटेश्वर महादेवस्थानतर्फ जाने भित्री सडकमा निर्माण सामग्री राखी अवरोध गरेका विनोद शाहलाई महानगर प्रहरीले १५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
महानगरका अनुसार सार्वजनिक सडक र पैदल मार्गमा अवरोध नगर्न पटक–पटक अनुरोध गरिँदै आएको भए पनि अटेर गर्नेहरूलाई कडाइका साथ कारबाही थालिएको छ ।








प्रतिक्रिया